Comments Add Comment

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

१ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेका हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारा जिल्लाका १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २७, रौतहटका १९, धनुषामा १७, सर्लाहीका १८, महोत्तरीका १४, सप्तरीका ६ र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका ३ का ६५ वर्षीय बृद्ध र रौतहटको गौर नगरपालिका २ का ३२ वर्षीय कोरोन संक्रमित युवकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसागै प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४७ पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा २१ जनाको मृत्यु भएको छ । यसैगरी धनुषामा ९, बारामा ६, सप्तरी र रौतहटमा ३/३ जना, सिराहा तथा महोत्तरीमा २/२ जना र सर्लाहीमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

सोमबारसम्म प्रदेशमा ३ हजार ७ सय ४२ जना कोरोना संक्रमित निको भएर डिस्जार्च भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment