+
+

बाढी प्रभावित क्षेत्रको अनुगम गर्न बाजुरा पुगे गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १४:५३

२ भदौ, कैलाली । गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली बाजुरा पुगेको छ । लगातारको वर्षका कारण बाजुराका बाढी प्रभावित क्षेत्रको अनुगमनको लागि गृहमन्त्री थापासहितको टोली बाजुरा पुगेको हो ।

टोलीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनिरहेका छन् ।

साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका बासिन्दाका घरविहीन भएका छन् ।

उनीहरुको अवस्था बुझ्न र राहत उपलब्ध गराउन गृहमन्त्री थापासहितको टोली बाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए ।

गृहमन्त्रीसहितको टोली साउन २६ गते बाजुरा आउने कार्यक्रम रहे पनि मौसम खराबी हुँदा आउन सकेका थिएनन् ।

मङ्गलबार काठमाडौंबाट जहाजमार्फत सुर्खेत र त्यहाँबाट हेलिकप्टरमार्फत बाजुरा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?