+
+

बाँके र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १६:४२

२ भदौ,बुटवल । बाँके र बर्दियाका थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका १० जना, खजुरा गाउँपालिका-३ का १ जना पुरुष र बर्दियाको गुलरिया नगरपालिकाका २ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।

भेरी अस्पतालले मंगलबार दिउँसो ३ बजे अद्यावधिक गरेको तथ्याङ्कअनुसार नेपालगन्जको वडा नंं. १,३,४,५,६,७,१० र १३ का ५ वर्षदेखि ५२ वर्ष उमेरका ४ जना महिला र ६ जना पुरुषमा कोरोना देखिएको हो ।

५५० जनाको स्वाब परीक्षण हुँदा बाँकेका ११ र बर्दियाका २ जना तथा सुर्खेतको विरेन्द्रनगरका एकजना गरी १४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य निर्देशनालय बुटवलको तथ्यांकअनुसार मंगलबार दिउँसोसम्म बाँकेमा कोरोना संक्रमितको संख्या ७८५ पुगेको छ ।

मंगलबार बिहान मात्रै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ६२ वषिर्य पुरुषसहित बाँकेका चार जना कोरोना संक्रमितको मृत्युु भइसकेको छ । यस्तै ४६८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भैसकेका छन् ।

बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसके पछि दैनिक जसो कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?