+
+

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिने, नर्वेले दिने भयो ४ अर्ब अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १७:१२

२ भदौ, काठमाडौं । नेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ -२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडाले उक्त जानकारी दिएका हुन् । उता, नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब रुपैयाँ अनुदान समेत स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए ।

चाल आर्थिक वर्षको बजेटमा सरकारले २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने योजना बनाएको छ । वैदेशिक अनुदान भने ६० अर्ब ५२ करोड प्राप्त हुने प्रक्षेपण रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?