+

प्रिमियर लिगको खेल तालिका सार्वजनिक

२०७७ भदौ  ४ गते १५:१३ २०७७ भदौ ४ गते १५:१३
प्रिमियर लिगको खेल तालिका सार्वजनिक

४ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२०-२१ का लागि खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार नयाँ सिजनको खेल तालिका सार्वजनिक गरेको हो । जसमा ३० वर्षपछि प्रिमियर लिग उपाधि जितेको लिभरपुल र १६ वर्षपछि प्रिमियर लिगमा फर्केको लिड्स युनाइटेड पहिलो दिनै खेल्नेछन् ।

नयाँ सिजनको लिग आगामी सेप्टेम्बर १२ मा सुरु हुँदैछ । यसैगरी पहिलो दिन लेस्टर सिटीले वेष्टब्रुमको भ्रमण गर्नेछ । बर्सनलले फुलहमसँग उसैको मैदानमा गएर खेल्नेछ भने टोटनहमले घरेलु मैदानमा एभरटनसँग खेल्नेछ । यस्तै क्रिस्टल प्यालेस र साउथह्याम्पटन तथा वेष्टह्याम र न्यूकनसल युनाइटेडबीच पनि त्यही दिन खेल हुनेछ ।

सेप्टेम्बर १३ मा चेल्सीले ब्राइटनको भ्रमण गर्दा शेफिल्ड युनाइटेडले वल्भ्ससँग घरेलु मैदानमा खेल्नेछ । पहिलो दिन तय भएको म्यानचेष्टर युनाइटेड र बर्नली तथा म्यानचेष्टर सिटी र एस्टन भिल्लाको खेल भने स्थगित हुने भएको छ । उनीहरुलाई कम्तीमा ३० दिनको ब्रेक दिन लागिएकोले पहिलो दिनको खेल नहुने भएको हो ।

सिटी र युनाइटेड जारी सिजनको युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगमा पछिल्लो खेल खेलेकोले प्रिमियर लिगको खेल स्थगित गरिएको हो । यी दुई खेलका लागि फेरि खेल मिति तय गरिनेछ ।

 

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय