
५ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-२६ सुगौली बस्ने ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा बेलुकी ८ बजेतिर उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मृगौला र मधुमेहका विरामी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि तराई अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा रिफर गरिएको थियो ।
दुवै मृगौलाले काम गर्न छोडिसकेको अवस्थामा अस्पतालमा भर्ना भएका उनको डायलायसिसको लागि तयारी गर्दैगर्दा अवस्था गम्भिर बनेपछि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मृत्यु हुनेमा २६ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् ।
जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको वेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया 4