+
+

स्याङ्जाबाट फर्किएका थप ३ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ६ गते १५:१६

६ भदौ, पोखरा । स्याङ्जामा खटिएर पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र प्रहरी गणका २२, २३ र ३५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो । तीन दिन अघिमात्र त्यही गणका १६ जना सशत्र प्रहरीमा संक्रमण देखिएको थियो ।

शनिबार मात्र कास्कीमा १६ संक्रमित थपिएका छन् ।

कन्ट्याट ट्रेसिङ गर्दा १० जना नयाँ संक्रमित पुष्टि भएका छन् भने ६ जना  प्रहरी, मालपोत र बैंकका कर्मचारी छन् । मालपोत कार्यालय, कास्कीका एक, बैंक अफ काठमाडौंका एक जना र गरिमा विकास बैंकका कर्मचारीको पारिवारका एक सदस्यमा सक्रमण पुष्टि भएको छ ।

यससँगै पोखरामा संक्रमितको संख्या २५९ पुगेको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८६८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?