
७ भदौ, बुटवल । रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थप गरिएको छ ।
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भदौ १४ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा अन्तर्गत खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरी जन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म (तीन घण्टा) र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म (दुई घण्टा) सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।
यसअघि सिद्धार्थनगर नगरपालिकाले पनि भदौ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो ।
हेर्नुहोस् निषेधाज्ञाको आदेश
प्रतिक्रिया 4