+
+

रेम्डिसिभिर औषधीको कालोबजारी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते २१:१७

७ भदौ, वीरगञ्ज । कोरोना संक्रमितलाई दिइने प्रतिबन्धित रेम्डिसिभिरको चर्को मुल्यमा अबैध कारोबार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बारा घर भई वीरगञ्जको एक निजी अस्पतालमा कार्यरत ताहिर हुसैन अन्सारी पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले ९ थान रेम्डिसिभिर पनि बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

आफूले प्रतिभाइल २५ देखि ३० हजारमा खरिद गरेर गम्भीर अवस्थाका संक्रमितको लागि ३० देखि ३२ हजार रुपैयाँमा बिक्री गर्ने गरेको दावी अन्सारीले गरेका छन् ।

गम्भीर अवस्थाका संक्रमितलाई रेम्डिसिभिर चलाउँदा स्वास्थ्यमा सुधार आएको चिकित्सकको भनाइ छ । सरकारले कोरोना संक्रमितलाई लाभदायक मानिएको यो औषधी उपलब्ध गराउन सकेको छैन ।

त्यसैले वीरगञ्जमा लामो समयदेखि नै प्रतिबन्धित रेम्डिसिभिरको कारोबार भइरहेको छ । कोरोना विशेष अस्पतालमा धेरै संक्रमितलाई रेम्डिसिभिर चलाइसकेको चिकित्सकले सार्वजनिक रुपमा नै स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?