+
+

झापामा स्थानीय र प्रहरीबीच झडप, १० राउन्ड हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते २०:२५

१० भदौ, झापा । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप हुँदा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ ।

गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो ।

बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ । स्थानीयको आक्रमणबाट एक जना सहस्त्र प्रहरी जवान घाइते  भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?