+
+

चितवनमा हेटौंडाकी संक्रमित महिलाको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते ९:२२

१२ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डा. लम्सालले जानकारी दिए ।

चितवनमा अहिलेसम्म कोरोनाबाट ७ जनाको मृत्यु भैसकेको छ । त्यसमध्ये चितवन जिल्लाका तीन जना, मकवानपुरका तीन जना र कैलालीका एक जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?