+
+

गोदरेजद्वारा ट्राफिक प्रहरीलाई फेस सिल्ड हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १२:२१

११ भदौ, काठमाडौं । गोदरेज कंज्युमर प्रोडक्टस लिमिटेड (जीसीपीएल) नेपालले ट्राफिक प्रहरीलाई १ हजार ५० थान फेस सिल्ड सहयोग गरेको छ। यस कोरानाको महामारीको विच ट्राफिक प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विहीवार कम्पनिले उक्त फेस सिल्ड हस्तान्तरण गरेको हो।

गोदरेज नेपाल, समाज र देशप्रति सधैँ उत्तरदायी भएको र कोभिड १९ मात्र नभएर राष्ट्रमा परि आउने जुनसुकै विषम परिस्थितिमा पनि सधैँ साथ रहिरहने प्रतिवद्धता रहेको कम्पनीका
प्रतिनिधि ले बताए।

कोरोना महामारीको विचमा पनि गोदरेजले सरसफाइ तथा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मास्क, स्यानिटाइजर लगायत अन्य डिसइन्फेक्ट लिक्विडहरु पनि बजारमा भित्राएको छ ।

जनस्वास्थ्यको ख्याल राख्दै गोदरेजले यसअघि पनि काठमार्डौका विभिन्न ४४ अस्पतालहरु र ४७ प्रहरी कार्यलयहरुमा विभिन्न स्वास्थ्य सामग्रीहरुको पनि वितरण गरेका थियो । त्यस्तै ३ हजार ८ सय २० गोदरेज नं १ साबुन र २ हजार ७ सय ५० गुडनाइट अक्टा कोइल काठमाडौँका विभिन्न समुदायहरुमा वितरण गरेको थियो। यसविच गोदरेज नेपालले भिमढुगांको वडा नं ८ र काठमाडौँ जिल्लाका ३ सय परिवारलाई लकडाउनको समयमा राहत सामाग्री पनि वितरण गरेको थियो।

गोदरेजले नेपाली बजारमा गोदरेज नं १ साबुन, गुडनाइट, हिट, हेयर कलर लगायतका थुप्रै प्रसिद्ध घरेलु तथा स्किन केयर उत्पादनहरु विक्री गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?