+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १४:०७

१४ भदौ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरुस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या एक लाख २० हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट एक लाख २० हजार २६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण ७५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ४६ हजार १५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ४१ हजार ३५० जना नयाँ संक्रमित फेला परेका हुन् ।

ब्राजिल कोरोना भाइरसका संक्रमित र मृतक संख्याको हिसाबले दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । पहिलो स्थानमा अमेरिका छ । ब्राजिलमा पछिल्लो केही समययता कोरोना भाइरसका नयाँ संक्रमित र मृतक संख्याको वृद्धिदर केही घटेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?