
१५ भदौ,बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टी भएसँगै संक्रमितको संख्या एक हजार एक पुगेको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार १० महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । २५ जनामध्ये बुटवल उपमहानगरका १६ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, ओमसतिया गाउँपालिकाका २ जना र कोटहीमाईका एकजना रहेका छन् ।
रुपन्देहीमा सोमबारसम्म १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4