+
+

विश्वभर कोरोनाबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १२:०८

१९ भदौ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को कारण सात हजार स्वास्थ्यकर्मीको मृत्यु भइसकेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु मेक्सिकोमा भएको छ । एम्नेस्टीका अनुसार अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण एक हजार ३२० स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने अमेरिकामा एक हजार ७७ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा पनि कोरोना भाइरसको कारण ६४९ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने ब्राजिलमा पनि ६३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

एम्नेस्टीको प्रतिवेदनअनुसार स्वास्थ्यकर्मीको मृत्युको मामिलामा दक्षिण अफ्रिका र भारतमा पनि चिन्ताजनक अवस्था देखिएको छ । अहिलेसम्म भारतमा ५७३ र दक्षिण अफ्रिकामा २४० स्वास्थ्यकर्मीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

एम्नेस्टीमा आर्थिक तथा सामाजिक न्यायका प्रमुख स्वीव कोकबर्नका अनुसार अरुलाई बचउने क्रममा यति ठूलो संख्यामा स्वास्थ्यकर्मीकै मृत्यु हुनुले यो समस्या कति गम्भीर छ भन्ने देखाएको छ ।

उनका अनुसार प्रत्येक स्वास्थ्यकर्मीलाई कामको क्रममा पूर्ण सुरक्षा पाउनु उनीहरुको अधिकार हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?