+
+

आत्महत्याको भिडियो हटाउने टिकटकको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १७:४०

लोकप्रिय भिडियो शेयरिङ प्लाटर्फम टिकटक अहिले एकजना पुरुषले आत्महत्या गरिरहेको भिडियो क्लिप भाइरल भएसँगै चिन्तामा छ । सुरुमा फेसबुकमा शेयर भएको उक्त भिडियो ट्विटर र इन्स्टाग्राम हुँदै टिकटकसम्म आइपुगेको मात्र छैन केही दिनयता तीव्र ढंगले टिकटकमा फैलिरहेको छ ।

युवापुस्तामाझ अत्यधिक लोकप्रिय एप टिकटकमा उक्त भिडियो अत्यधिक शेयर भएसँगै लाखौँ प्रयोगकर्ताहरुले आफूलाई त्यसबाट आघात पुगेको टिप्पणी गरिरहेका छन् । त्योसँगै टिकटकले आत्महत्याको उक्त भिडियो क्लिपलाई आफ्नो प्लाटफर्मबाट हटाउन सुरु गरेको मात्र छैन पटक पटक त्यहीँ भिडियो शेयर गर्ने टिकटक अकाउन्टलाई प्रतिबन्धित गरिने चेतावनी दिएको छ ।

टिकटकका अधिकारीले भनेका छन्, ‘आत्महत्यालाई देखाउने, उक्साउने, प्रोत्साहित गर्ने र प्रवर्द्धन गर्ने खालका सामग्री रहेका भिडियोहरु हाम्रो नीतिविरुद्ध रहने हुँदा हाम्रो प्रणालीले त्यस्ता समग्रीलाई स्वचालितरुपमा पत्ता लगाउने र छुट्टाउने गर्दछ ।’

उता फेसबुकले सबैभन्दा पहिले शेयर गरिएको आत्महत्याको उक्त भिडियो गत महिना नै हटाइसकिएको भन्दै उक्त भिडियोलाई कपी गरेर अपलोड गरिएका सामग्रीलाई समेत पत्ता लगाउनका लागि स्वचालित प्रविधिको प्रयोग भैरहेको जनाएको छ ।

सन् २०१५ मा फेसबुक लाइभ सुरु भएयता कैयन् व्यक्तिहरुले फेसबुकमा लाइभ आएरै आत्महत्या गरेका घटना सार्वजनिक भैसकेका छन् । आत्महत्याजन्य सामग्रीहरु शेयर भएको भन्दै इन्स्टाग्राममाथि पनि आलोचना हुँदै आएको छ । यो आलोचनाको सूचीमा हाल टिकटकसमेत जोडिन थालेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?