+
+

ट्रक ठोक्किँदा घाइते भएका चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १४:२३

२९ भदौ, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा सोमबार दुईवटा ट्रक ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ खहरे पुल नजिक काठमाडौंबाट नारायणगढतर्फ गइरहेको ना ६ ख २४२३ नम्बरको ट्रक र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक ठोक्किँदा ट्रक चालक बारा प्रवानीपुर–२ का २८ वर्षीय अजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनी ना ४ ख ८०११ नम्बरको ट्रकका चालक हुन् ।

गम्भीर घाइते भएका साहको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । उक्त दुर्घटनामा अरु ३ जना सामान्य घाइते भएका छन् । सोमबार विहान दुर्घटनापछि अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?