२९ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
जिल्ला अदालत, काठमाडौंले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।
पक्राउ परेका मध्ये १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ । अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश भएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई बताए ।
यो पनि पढ्नुहोस नेपाली झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा, कारबाहीको माग यो पनि पढ्नुहोस राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो । मङ्गोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएपछि व्यापक आलोचना भएको थियो । र, प्रहरीले भिडियोमा देखिएका गायकदेखि मोडल, एडिटरलगायतलाई पक्राउ परेको थियो ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।
यो पनि पढ्नुहोस राष्ट्रिय झण्डा जलाउनेलाई ८ वर्षसम्म कैद सजाय हुनसक्नेयुट्युवमा हालेलगत्तै गीतमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । सबैले गीतमाथि तत्काल कारबाही गर्न प्रहरीलाई आग्रह गरेका थिए ।
र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज ली एन्ड एटीएमले लेखेका थिए । गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको थियो ।