+
+

सुर्खेतमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते २०:३१

२९ भदौ, सुर्खेत । सुर्खेतमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको ना ४ ख ७७५५ नम्बरको ट्रक वीरेन्द्रनगर–१३, राताना‌ङ्लामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक खैरेनी नगरपालिका–१२, का ३५ वर्षीय ईश्वर बर्तौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार ट्रक सडकदेखि २ सय मिटर तल खसेको छ । ‘ट्रक आइतबार बिजुलीको पोल लिएर सुर्खेतको चिङ्गाड गाउँपालिकामा गएको भन्ने खुलेको छ,’ डीएसपी घर्तीले भने, ‘आउँदा पनि केही बचेका पोलहरु ल्याएको थियो । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।’

ट्रकमा चालक मात्रै थिए । ट्रक चालक नै मालिक भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?