+

सन्दीप आईपीएल खेल्न यूएई पुगे

२०७७ भदौ  ३० गते १२:४५ २०७७ भदौ ३० गते १२:४५
सन्दीप आईपीएल खेल्न यूएई पुगे

३० भदौ, काठमाडौं । यही सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका छन् । सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध छन् । उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप यूएई गएका हुन् । सन्दीप सोमबार यूएई पुगेका हुन् । दिल्ली फ्रेन्चाइजले सन्दीप यूएई आइपुगेको जानकारी दिँदै उनलाई स्वागत समेत गरिसकेको छ । आइतबार नै जाने तय भएको भए पनि उडान छुटेपछि सन्दीप एकदिन ढिला यूएई पुगेका हुन् ।

सन्दीप अब होटल क्वारेन्टिनमा बस्नेछन् । उनले क्वारेन्टिनमा बस्नुपरेपनि कुनै समस्या नभएको भन्दै गिटारसहितको पोटो समेत पोष्ट गरेका छन् ।

यस्तै सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि अब कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उनले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् ।

सन्दीपले सीपीएलमा जमैका तलावाहजबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ११ खेलमा कुल १२ विकेट लिए ।

१३औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किंग्स भिड्नेछन् । सन्दीप समावेश दिल्लीले पहिलो खेल सेप्टेम्बर २० मा किंग्स एलेभेन पञ्जावसंग खेल्नेछ ।

आईपीएलमा एक फ्रेन्चाइजले बढीमा ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् जसमा ४ खेलाडीले प्लेइङ सेटमा रहेर खेल्न पाउनेछन् ।

दिल्ली क्यापिटल्का खेलाडी

शिखर धवन, पृथ्वी श, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्सर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिन्का रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेतमायर, एलेक्स क्यारी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कुस स्टोइनिस, ड्यानियल स्याम्स र एनरिच नोर्किय

 

आईपीएल सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय