+
+

तिनकुनेको तरकारी बजारबाट ४२ बोरा प्याज बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १०:०५
फाइल तस्वीर

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तिनकुनेको एक तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ ।

तीनकुनेको हरितगृह तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो ।

विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको अनुगमन समितिका सदस्य उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जानकारी दिए ।

यस्तै सोही तरकारी बजारबाट महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई पनि समितिले कारबाही सिफारिस गरेको छ ।

अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ ।

भारतले प्याज निर्यात बन्द गरेलगत्तै नेपाली बजारमा व्यापारीहरुले प्याजको कृत्रिम अभाव सिर्जना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?