
काठमाडौं । बाँदर मान्छेको पुर्खा हो भन्ने त सुनिएकै हो । बाँदरका धेरै आनीबानीहरु मान्छेसँग मिल्छन् भन्ने वन्यजन्तुविदहरुको भनाइ छ । बाँदरले पनि मान्छेकै जस्तो हर्कत गर्दछ भन्ने तथ्यलाई हालै एउटा बाँदरले मलेसियामा पुष्टि गरेको छ ।
मलेसियामा एकजना व्यक्तिले आफ्नो हराएर फेला परेको मोबाइलमा बाँदरको सेल्फी तथा भिडियो रहेको दाबी ग्रेका छन् ।
२० वर्षका ज्याक्रिड्स रोडजीका अनुसार रातमा सुतेको समयमा उनको स्मार्टफोन हराएको थियो ।
सुतेकै ठाउँबाट मोबाइल कसरी हरायो ? भन्ने उनलाई पनि अचम्म लागेको थियो र त्यो एउटा चमत्कार नै भएको ठानिरहेका थिए ।
उनको मोबाइल हराएकै दिन उनका बुवाले घरको बाहिर एउटा बाँदर बसेको देखेका थिए । जसका कारण बाँदरले नै मोबाइल चोरी गरेको हुनसक्ने आशंका रोडजीका परिवारले गरे ।
हराएको मोबाइल खोज्न भन्दै रोडजी र उनका परिवारका सदस्यहरु एकाबिहानै जंगलतर्फ लागे । जंगलमा उनीहरुले हराएको मोबाइलको नम्बरमा फोन डायल गरिरहे ।
त्यही बीचमा एउटा रुखको मुनि दलदलमा फोनको घण्टी बजेको आवाज सुनियो । त्यहाँ केहीबेर खोजविन गरेपनि हराएको उक्त मोबाइल फेला पर्यो ।
रोडजीले जब आफ्नो फोन फेला पारे त्यसपछि त्यसलाई खोले । मोबाइलभित्र उनले बाँदरका विभिन्न तस्वीर तथा सेल्फीहरु देखे । तीमध्ये एउटा फोटोमा बाँदरले फोनलाई खाइरहेको पनि देखिन्थ्यो ।
उनले बाँदरले खिचेका ती तस्वीरहरुको एक भिडियो बनाएर ट्वीटरमा अपलोड गरे । जसमा बाँदरका विभिन्न खाले तस्वीरहरु तथा सेल्फी समेत देख्न सकिन्छ । उनले ट्वीटरमा अपलोड गरेको भिडियो झण्डै ३ लाखले हेरिसकेका छन् भने ६ हजारले रिट्वीट गरेका छन् ।
Something yang korang takkan jumpa setiap abad. Semalam pagi tido bangun bangun tengahari phone hilang. Cari cari satu rumah geledah sana sini semua takde then last last jumpa casing phone je tinggal bawah katil tapi phonenya takde. Sambung bawah. pic.twitter.com/0x54giujnY
— z (@Zackrydz) September 13, 2020
प्रतिक्रिया 4