+
+

रोएर संविधानको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३ गते १७:४२

३ असोज, काठमाडौं । सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै अभियन्ताहरूले सामूहिक रुपमा रोएर विरोध प्रर्दशन गरेका छन् ।

हजारौंको बलीदानीबाट आएको संविधान प्रगतिशील भए पनि सरकारले संविधानको भावना विरोधी काम गरेको भन्दै स्वतन्त्र राष्ट्रिय अभियानले शनिबार विरोध कार्यक्रम गरेको हो ।
माइतीघर मण्डला, कोटेश्वर र तीनकुनेमा रुन नदिएपछि पशुपतिमा गएर विरोध गरिएको हो ।

अभियानका सचिवालय सदस्य कृष्ण प्रसाईँ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकुद विभाग प्रमुख सेर्फड लिम्बु, सञ्चार विभाग प्रमुख चर्चित ढुगेलले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?