+
+

आचार्यको ‘सुरुची’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १७:४१

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका उप-निर्देशक तथा गीतकार डा. भागवत आचार्यको ‘सुरुची’ राष्ट्रिय गीति संग्रह विमोचन गरिएको छ । आइतबार सिंहदरबारमा आयोजिक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त एल्बम विमोचन गरे ।

उपनिर्देशक आचार्यको एल्बममा ६ वटा गीतहरु समेटिएका छन् । ५ वटा गीत राष्ट्रप्रेम समेटिएका गीतहरु हुन् भने एउटा भने आधुनिक गीत हो । आचार्यको ‘सबै भन्छन् यो देशले…’ बोलको गीतमा शक्ति वल्लभ रे संगीत भरेका छन् भने शिशिर योगीको स्वर रहेको छ ।

अर्को ‘आमाको महिमा..’ बोलको गीतमा भने संगीता राना प्रधानको स्वर र राजु सिंहको संगीत रहेको छ । यसैगरी ‘अरुको आँखाले संसार हेरिन्न…’ बोलको गीतमा स्वर तथा संगीत टीका भण्डारीको रहेको छ भने ‘देउरालीको बर बन्न चाहने यो मन…’ मा नवराज आचार्यको स्वर तथा संगीत रहेको छ ।

यसैगरी ‘हजार छन् फूलहरु सौन्दर्य छ एक..’ वोलको गीतमा दीपक लिम्बूको स्वर र राजु सिंहको संगीत रहेको छ भने ‘नसम्झनू मेरो देशलाई गरिब भनी..’ वोलको गीतमा शिशिर योगीको स्वर शक्ति वल्लभकै संगीत रहेको छ ।

पुस्तक विमोचन गर्दै गभर्नर अधिकारीले संगीत सबैका लागि आवश्यक हुने बताए । राष्ट्रप्रेमका शब्दहरु समेटिएका गीतहरु सुन्दा अझ झनै आनन्द महशुस हुने गभर्नर अधिकारीले बताए । उनले आचार्य राष्ट्र बैंकको कामकारवाहीदेखि साहित्य क्षेत्रमा समेत निकै राम्रो कामम गरेको भन्दै प्रशंसा गरे ।

राष्ट्रप्रेमका शब्द र राष्ट्रलाई मैले के दिए भन्ने शब्दहरु समेटिएको भन्दै गभर्नर अधिकारीले गीतका यि राम्रा पक्षहरु भएको बताए । ‘सधै हामी देशले हामीलार्य के दियौंँ भन्छौं, वास्तवमा हामीले के दियौ भन्ने कुरा पनि सोैच्नु पर्छ जुन कुरा गीतमा भनिएको छ’ गभर्नर अधिकारीले भने ।

५ वटा राष्ट्रिय गीत र अर्को एउटा गीत अहिलेको महामारीको अवस्थाका बारेमा पनि मिल्दोजुल्दो रहेको उनले बताए । यस्ता गीतहरुले सबै क्षेत्रलाई सकारात्मक असर गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आचार्यको एल्बमा राष्ट्र प्रेम झल्कने शब्दहरु प्रयोग गरिएको भन्दै यी गीत सुन्दा छुट्टै किसिमको आनन्द आउने बताए । एल्बमको बारेमा पवन आचार्यले प्रकाश पारेका थिए भने गायक तथा सञ्चारकर्मी टीका भण्डारीले पनि एल्बममा समेटिएको गीतबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?