
४ असोज, काठमाडौं । पहिलो संविधानसभा निर्वाचनताका बम विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित् सांसद मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्माको इजलाशले आइतबार घटनासम्बन्धी सबै विवरण भएको फाइल झिकाउने आदेश दिएको हो ।
२७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तर लगायतलाई जीउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत रौतहटको आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई उच्च अदालतले सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश बदरको माग गरेर ३१ भदौमा आलमले सर्वोच्चमा निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4