+
+

ट्रमा सेन्टरबाट बाहिरिए डा. केसी, शिक्षण अस्पतालमा भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १९:५०

६ असोज, काठमाडौं । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् ।

विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि शिक्षण अस्पताल सारिएको हो । उनी  त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनका सहयोगी डा. प्रविण गिरीले जानकारी दिए ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?