+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कांग्रेसद्वारा बुटवलमा एक घर एक पीसीआर परीक्षण माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते २०:०९

७ असोज, बुटवल । नेपाली कांग्रेसले ७० हजार भन्दा बढी जनसंख्या रहेको बुटवल उपमहानगरपालिकाको वडा नं ११ मा एक घर एक पीसीआर परीक्षणको माग गरेको छ ।

नेपाली कांग्रेस वडा समितिले उपमहानगरपालिकाको वडा कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाउंदै यस्तो माग गरेको हो । बुटवलका १९ वटा वडामध्ये सबैभन्दा बढी १ सय ७१ जना कोरोना संक्रमित र ५९ जना सक्रिय संक्रमित रहेको यही वडा हो ।

घना बस्ती भएकाले संक्रमण फैलिन नदिन एक घर एक पीसीआर परीक्षणको माग गरिएको कांग्रेसले जनाएको छ । बुटवलमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ । बुटवलमा वडा अध्यक्ष रामचन्द्र क्षेत्रीलाई बुझाइएको ७ बुँदे ज्ञापनपत्रमा उपमहानगरपालिकाले महत्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने कामहरुमा प्रतिपक्षी दललाई बेवास्ता गरेर अघि बढेको भन्दै असन्तुष्टि जनाएको छ ।

कोरोना महामारीकै बेलामा उपमहानगरपालिकाले जग्गा नापजाँच लगायतका काम थालेको तर प्रतिपक्षी दललाई बेवास्ता गर्दा यसले शंका पैदा गरेको कांग्रेसले बताएको छ ।

अव्यवस्थित बस्ती तथा सार्वजनिक क्षेत्रको जग्गा नाप जाँचको उद्देश्य प्रष्ट नभएको तथा त्यस्ता वस्तीहरुको दर्ता शुल्क महंगो भएको कांग्रेसले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

जग्गा नाप जाँचको प्रक्रियामा अन्य प्रतिपक्षी दललाई पनि साथमा लिएर अघि बढ्न कांग्रेसको माग छ । जनता आवास कार्यक्रम लागु गर्दा त्यसको मापदण्ड स्पष्ट नपारिएको, सार्वजनिक जग्गा मनोमानी वितरण गरिएकाले यस्ता कामहरु तत्काल रोक्न ज्ञापन पत्रमा माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?