+
+

धेरैजसो स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा क्रमिक सुधार आउने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते ९:०५

८ असोज, काठमाडौं । देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ ।

मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘आज र भोलि देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही स्थानमा अति भारी वर्षाको सम्भावना पनि छ ।’

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।

काठमाडौंमा ६०.५ मिलमिटर वर्षा रेकर्ड भएको मौसमविद मानन्धरले जानकारी दिइन् । अन्य स्थानको अध्यावधिक विवरण भने आउन बाँकी रहेको मौसमविद मानन्धरले बताइन् ।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेको छ । त्यसैले नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?