+
+

महिला हिंसासम्बन्धी अध्ययन गर्न महिला सांसदको समिति

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १५:१९

१२ असोज, काठमाडौं । संघीय संसदमा महिला सदस्यहरुको सोमबारको भेलाले महिला हिंसासँग सम्बन्धित घटना अध्ययन गरी सरकारलाई सुझाव दिन एक समिति गठन गरेकोछ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको महिला सांसदको भेलाले पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला कुमारी, अमृता थापा, लक्ष्मी परियार, विन्दा पाण्डे र पार्वती रावल रहेको समिति गठन गरेको बताए ।

समितिले बलात्कार घटनामा प्रंहरीले जाहेरी लिन नमानेको, जनप्रतिनिधि र परिवारका सदस्यले गराउने मिलापत्र, बलात्कारका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालगायतका विषयमा अध्ययन गर्ने सांसद पाण्डेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?