+
+

आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १७:५०

१५ असोज, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण भएको छ ।

शंकास्पद लक्षणपछि बुधबार गरिएको स्वाब परीक्षणको रोर्पोट पोजेटिभ आएको निगम स्रोतले जनाएको छ ।

‘तीन दिनदेखि सुख्खा खोकी लागेपछि उहाँ घरमै आइसोलेसनमा बस्नु भएको थियो, बिहिबार आएको स्वाब नतिजामा कोरोना देखियो,’ निगम स्रोतले भन्यो ।
पौडेलको स्वस्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै घरको आइसोलेसनमा छन् ।

आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई आवश्यक सर्तकता अपनाउन पौडेलले आग्रह गरेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?