+
+

कांग्रेस सांसद भन्छन्– ह्वीप मानिन्न, दाङमै भोट हालिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १०:३३

२० असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्न नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका एक सांसदले बताएका छन् । कांग्रेस सांसद डिल्ली चौधरीले आफूले ह्वीप नमान्ने र दाङ राजधानी बनाउने प्रस्तावको पक्षमै भोट हाल्ने बताएका हुन् ।

‘ह्वीप मानिँदैन, दाङकै पक्षमा भोट हालिन्छ,’ कांग्रेस सांसद चौधरीले अनलाइनखबरसँग भने, ‘मैले मात्र होइन, अरु जिल्लाका कांग्रेसका माननीयहरुले पनि दाङकै पक्षमा भोट हाल्नु हुन्छ ।’

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)देखि बर्दियासम्मको भूगोललाई दाङ नै पायक पर्ने भन्दै उनले दाङ देउखुरीको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव उपयुक्त रहेको बताए ।

प्रदेश ५ सरकारले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमाथि प्रदेशसभाको आज मध्याह्न बस्ने बैठकमा मतदान हुँदैछ । बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी कांग्रेसले दाङको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

दाङ राजधानी तोक्न लागिएकोमा असन्तुष्ट केही कांग्रेसका सांसदहरुले हिजोको प्रदेशसभा बैठकमा कुर्सी तोडफोड गरेका थिए । उनीहरुलाई कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ ।

कांग्रेस सांसद डिल्ली चौधरीले प्रदेशसभामा कुर्सी तोडफोड गरेर केही सांसहरुले लज्जित बनाएको बताए । ‘हामी लोकतन्त्रमा विश्वास गर्नेहरुका लागि तोडफोडको घटना कांग्रेसको इतिहासमै दुःखदायी घटना हो,’ सांसद चौधरीले भने, ‘यो अत्यन्त लज्जास्पद र भर्त्सनायोग्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?