+
+

उदघाटन गरियो चाबहिलको आकाशे पुल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १०:१९
आकाशे पुल उदघाटन गर्दै मेयर विद्यासुन्दर शाक्य । तस्वीर : चन्द्र आले/अनलाइनखबर

२१ असोज, काठमाडौं । काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुल आज उदघाटन गरिएको छ । फलामे आकाशे पुलको मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर आज बिहान उदघाटन गरे ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । नटबोल्ट खोलेर यो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ ।

२०७६ माघ ९ गते सो पुलको शिलान्यास भएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर जिम्मेवारी पाएको थियो ।

आकाशे पुल बनेपछि चाबहिलको व्यस्त चोकमा बाटो काट्न सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?