+
+

ज्वाइँले छोरो बनेर नागरिकता लिएपछि …

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते १४:३९

२१ असोज, सुर्खेत ।  दाङको बबई गाउँपालिका-७ का इमाम बक्स मियाँ २१ वर्ष पुग्दा पनि अनागरिक थिए । अर्थात उनीसँग नागरिकता थिएन ।

इमामले आफ्नै बुवाको नामबाट दाङमा नागरिकता लिन पटकपटक पहल गरे तर पाएनन् । जन्मका आधारमा नागरिकता नपाउने भएकोले उनी बञ्चित भए ।

अन्ततः इमामले गलत बाटो प्रयोग गरेरै २०७५ भदौ २४ गते नागरिकता लिए । आफ्नै ससुरालाई बुवा बनाएर इमामले नागरिकता लिएको पाइएको छ ।

ससुराको नामबाट नागरिकता लिएको खुलेपछि इमाम र उनका ससुरा सल्यानको छत्रेश्वरी गाउँपालिका-७ का ४६ वर्षीय मुस्ताज मियाँ पक्राउ परेका छन् ।

नागरिकता लिदा इमामले आफ्नो नाम पनि बदलेका छन् । सक्कली नाम इमाम भए पनि नागरिकता लिदा समिर नामबाट लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए ।

दाङबाट पटक-पटक नागरिकताको लागि पहल गर्दा नबनेपछि ससुरालाई बुवा बनाएर नागरिकता लिएको पाइएको र १५ दिन म्याद थप गराएर अनुसन्धान सुरु गरिएको प्रवक्ता लक्ष्मण वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?