+
+

आईसीपीबाट छुटेको गाडीबाट लागुऔषधसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १८:४३

२५ असोज, वीरगञ्ज । प्रहरीले आईसीपी हुँदै भित्रिएको गाडीबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । लागुऔषध ओसार पसारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जना व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले ट्रक चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं.४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, ट्रकमा सवार २८ वर्षीय रामबालक राम र २० वर्षीय आकाशकुमार रामलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुगौली बिर्ताको टोलीले शनिबारराति १० बजेको समयमा वीरगञ्ज महानगरपालिका-२४ बहुअरी चोकस्थित रामगढवा सडक खण्डबाट लागुऔषधसहितको ट्रक र तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीबाट जाँचपास भई आएको एचआर३८भी ४८९५ नम्बरको ट्रकको चालक क्यावीनबाट, चालक बस्ने सिटको पछाडिको सिटमुनि तथा बोर्नटको क्यावीनमा लुकाएर ल्याउँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको थियो ।

नुर्फिन २९७ एम्पुल, फेनारगन २९७ एम्पुल, डाइजेपाम २९७ एम्पुल गरी लागुऔषध इन्जेक्सन ८९१ थान र २१ सय एमएल विनसिरेक्स १२ सय ६ बोताल ट्रकबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

‘आईसीपीबाट जाँच पास भएर निस्केको ट्रक हो, हेटौंडातर्फ जान लागेको रहेछ,’ उनले भनिन्, ‘त्यसमा लागुऔषध छ भन्ने सूचना पाएपछि हाम्रो टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको छ । तीनजना मानिससमेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागुऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण सम्बन्धी ऐन २०३३ को दफा १४(१)को -झ) अनुसार लागुऔषध ओसारप्रसार वा निकासी पैठारीमा संलग्न व्यक्तिलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० रुपैयाँ जरिवाना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?