२७ असोज, काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का दैनिक संक्रमित फेला परेका छन् । रुसको कोरोना भाइरस क्राइसिस सेन्टरका अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोनाका १३ हजार ८६८ नयाँ संक्रमित फेला परेका हुन् । यसअघिको सबैभन्दा धेरै दैनिक संक्रमितको संख्या १३ हजार ६३४ थियो । यससँगै रुसमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख २६ हजार १७८ पुगेको छ ।
त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २४४ पुगेको छ । यसले पनि कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्यामा नयाँ कीर्तिमान कायम गरेको हो । यसअघि गत मे २९ मा रुसमा एकैदिन कोरोनाबाट २३२ जनाको मृत्यु भएको थियो । यससँगै रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ९६६ पुगेको छ ।
स्रोत : रोयटर्स