२७ असोज, काठमाडौं । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको पोर्चुगलको फुटबल संघले पुष्टि गरेको छ ।
संक्रमण पुष्टि भएपछि उनी राष्ट्रिय टिमबाट बाहिरिएका छन् । उनले बुधबार हुने स्वीडेनविरुद्धको खेल पनि गुमाउने भएका छन् ।
नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएको केही घण्टाअघि उनले आफ्नो टिमका साथीहरुसँग सेल्फी खिचेका थिए ।