+
+

मुल्य सूची नराख्ने ५ वटा खाद्यान्न पसललाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १९:५६

३० असोज, वीरगञ्ज । चितवनमा मुल्य सूची नराख्ने ५ वटा खाद्यान्न पसललाई कारबाही गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले निर्जला स्टोर्स, सुनिता खाद्य उधोग, जय श्री बालाजी ट्रेडर्स, शूल्भ खाद्य भण्डार र शुभम फ्रुट ट्रेडर्सलाई ५० हजार रुपैयाँका दरले जरीवाना गरेको हो ।

टोलीले शुक्रबार भरतपुर माहानगरपालिकाभित्रका बजार अनुगमन गर्दा उक्त उद्योग तथा खाद्य भण्डारले मुल्य सूची राखेको नपाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरीवाना गरिएको वाणिज्य आपूर्ति कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?