+
+

तस्वीरमा कलाकारको दशैं

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १० गते १२:४१

आज विजयादशमीको दशौं दिन । आज नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैंको टिका लगाएका हुन् ।

नायक अनमोल केसीले आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् । टिका लगाउने क्रममा नायक अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ ।

कोभिडका कारण सुरक्षित रुपमा सामाजिक दुरी कायम गर्दै दशैं मनाउनुपर्छ भन्ने सन्देश अनमोलले दिएका छन् ।

यस्तै, कलाकार हरिवंश आचार्य, जितु नेपाल, सन्दिप क्षेत्री, नायक आकाश श्रेष्ठ, नायिका नीता ढुंगाना, संगीतकार अर्जुन पोखरेल लगायतले पनि दशैंको टिका लगाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका छन् ।

नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका परिवारभित्रै नै खुशी साटेर मनाइरहेको जानकारी दिएका छन् । नायिका वर्षा राउतको भने यो बर्ष टिका भएन । आफ्नो आफन्त भित्र जुठो परेपछि उनले टिका लगाइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?