+
+

महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते ९:१३

११ कात्तिक, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरी छन् ।

उनले चलाएको प्रदेश ३–०२०१४ प ९७९८ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा सोमबार साँझ ठोक्किँदा उनी घाइते भएका थिए ।

त्रिवि शिक्षण अस्पताल महाजञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?