+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ग्लोबल गोरखा समाजद्वारा संरक्षक समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते ६:५८

ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदले ७ सदस्यीय संरक्षक समिति गठन गरेको छ । समाजले एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट (जापान) लाई प्रमुख संरक्षक मनोनित गरेको छ ।

संरक्षकहरूमा एनआरएनए अध्यक्ष कुमार पन्त (जर्मनी), एनआरएनए संरक्षक रामप्रताप थापा (जर्मनी), सामाजिक अभियन्ता डा.विष्णुमाया परियार (अमेरिका), ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ (युके), एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल (फÞ्रान्स) र एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने (अमेरिका) लाई मनोनित गरेको छ ।

समाजले कोरोना भाइरसको कारण प्रभावित गोरखा जिल्लाका सबै ९ गाउँपालिका र २ नगरपालिकालाई एक–एक लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्ने निर्णय गरेको छ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनय अधिकारीका अनुसार स्वास्थ्य सामाग्रीको लागि आवश्यक रकम कार्य समिति, सल्लाहकार र संरक्षकहरुबाट संकलन गरिने छ ।

त्यसैगरी, अक्टोवर २४ तारिखमा सम्पन्न समाजको भर्चुअल बैठकले उपाध्यक्षमा रस्मि थापा मगर (क्यानडा), कोषाध्यक्षमा आकाश बन्जारा (हङकङ) र सहकोषाध्यक्षमा बमबहादुर गुरुङ (युके) लाई नियुक्त गरेको छ ।

बैठकले निवर्तमान महासचिव विनोद पोखरेललाई नेपालमा समन्वय गर्ने गरी ग्लोबल गोरखा समाजको संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?