+
+

खोकनावासीले प्रहरी अवरोधबीच रोपेको धान भित्र्याए

आर्यन धिमाल आर्यन धिमाल
२०७७ कात्तिक २२ गते १८:५६

२२ कात्तिक, काठमाडौं । ललितपुर, खोकनाका किसानले खुदोल फाँटमा रोपेको धान भित्र्याएका छन् । काठमाडौं-निजगढ दु्रतमार्गको जिरो किलोमिटर क्षेत्रमा लगाइएको धान शनिबार भित्र्याएका हुन् ।

२० असारमा धान रोप्न गएका किसानहरूलाई प्रहरीले अश्रुग्यास हानेको थियो । रोपाईँका क्रममा भएको झडपमा केही किसान र प्रहरी घाइते भएका थिए ।

दोस्रो पटक ३ साउनमा सामूहिक रोपाईँ रोक्न गएका प्रहरी भने केही नगरी फर्केको थियो । असार र साउनमा रोपेको धान स्थानीयले शनिबार भित्र्याएका हुन् ।

द्रुतमार्ग, बाहिरी चक्रपथ, १३२ केभी प्रसारण लाइन आदिले संस्कृतिमाथि प्रहार गरेको र आफूहरूलाई उठिबास बनाएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । अधिकांशले द्रुतमार्गले अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा बुझ्न गएका छैनन् । यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ ।

मुआब्जा नलिने मध्येका एक मन्त डंगोल धान काटेको खेतमा तोरी छर्ने बताउँछन् । भन्छन्, ‘पुख्र्यौली खेत हो, यहाँ खेती नगरे के खाने ? छोराछोरीलाई के खुवाउने ?’

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?