२३ कात्तिक, काठमाडौं । नेकपा मसालले अमेरिकाको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएकामा खुशी व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति जारी गरी ट्रम्पको पराजयमा प्रसन्नता व्यक्त गरेका हुन् ।
‘ट्रम्पले फासीवादी प्रकारको कार्यशैली अपनाएको पृष्ठभूमिमा उनको पराजय स्वागतयोग्य कुरा हो र त्यस्तो फासिष्ट शासकलाई हटाउन महत्वपूर्ण भूमिका खेलेकोमा हामीले अमेरिकी जनतालाई धन्यवाद दिन्छौं’ सिंहले भनेका छन् ।
अमेरिकामा जोसुकै राष्ट्रपति भएपनि त्यहाँको साम्राज्यवादी नीतिमा परिवर्तन नआउने भन्दै मसालले अमेरिकाप्रतिको आफूहरुको नीतिमा पनि परिवर्तन नहुने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4