+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते ९:५३

२५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भइसके पनि आफ्नो हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।

केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए ।

अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ । एस्परलाई बर्खास्त गरेलगत्तै मिलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडनले पदभार ग्रहण नगर्दासम्म ट्रम्पले निर्णय गर्न पाउँछन् । बाइडनले आगामी जनवरी २० मा अमेरिकाको ४६ औं राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?