Comments Add Comment

युरोपमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

Photo Credit : Reuters

२६ कात्तिक, काठमाडौं । युरोपमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले मंगलबारको तथ्यांकअनुसार पछिल्लो समय युरोपमा कोरोनाका संक्रमित तथा मृतकको संख्या बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तीन लाख नाघेको हो । युरोपका अधिकारीहरुले युरोपमा निरन्तर कोरोनाबाट मृत्यु हुने र संक्रमित हुनेको संख्या निरन्तर बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । कोरोनाविरुद्धको खोप आउने सम्भावना बढेको भए पनि जाडोयाममा यो महामारीले झन् ठूलो रुप लिन सक्ने चिन्ता विशेषज्ञहरुले व्यक्त गरेका छन् ।

विश्वको केवल १० प्रतिशत जनसंख्या ओगटेको युरोपमा कोरोनाबाट भएको मृत्युको हिस्सा भने समग्र विश्वको करिब २५ प्रतिशत छ । साथै निकै व्यवस्थित मानिने युरोपको स्वास्थ्यस्याहार क्षेत्रमा पनि कोरोनाको कारण अहिले दबाब बढेको छ । कोरोनाको पहिलो लहर नियन्त्रणमा केही सफल देखिएपछि लकडाउन बिस्तारै हटाइएको भए पनि युरोपमा पुनः संक्रमण र मृत्यु संख्या बढ्न थालेको हो ।

अहिलेसम्म युरोपमा एक करोड २८ लाखभन्दा मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो एक सातामा मात्र युरोपमा औसतमा दैनिक दुई लाख ८० हजार संक्रमित थपिएका थिए । दोस्रो लहरको संक्रमण फैलिएसँगै युरोपका धेरै मुलुकले सामाजिक गतिविधिमा रोक लगाउने नियम ल्याइसकेका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment