
२९ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ ।
शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप-प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् ।
शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग यसबारे बालुवाटारमा छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4