+

१६ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्दै इंगल्याण्डको टोली

२०७७ मंसिर  ३ गते १६:५२ २०७७ मंसिर ३ गते १६:५२
१६ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्दै इंगल्याण्डको टोली

काठमाडौं । इंगल्याण्डले सन् २०२१ को अक्टोबरमा इंगल्याण्डमा दुई टी-२० खेल खेल्ने भएको छ । सन् २००५ यता इंगल्याण्डको टोलीले पाकिस्तानको भ्रमण गरेको छैन ।

पाकिस्तान क्रिकेट बोर्डले यस वर्ष पाकिस्तानले इंगल्याण्डको भ्रमण गरेसँगै इंगल्याण्डको टोलीलाई पनि आफ्नो मुलुकमा आएर क्रिकेट खेल्न निम्तो दिएको थियो । सन् २०२१ को सुरुआतको लागि पाकिस्तानको क्रिकेट बोर्डले निम्तो गरेको भए पनि समय तालिका नमिलेको कारण अक्टोबर १४ र १५ मा इंगल्याण्डको टोलीले पाकिस्तानमा दुई टी-२० खेल खेल्ने भएको छ । यो खेल आउँदै गरेको टी-२० विश्वकपको तयारी हुनेछ । १६ अक्टोबरमा यी दुवै टोली विश्वपका लागि भारत प्रस्थान गर्नेछन् ।

सन् २००९ मा पाकिस्तानको लाहोरमा श्रीलंकाका खेलाडीमाथि हतियारधारी समुहले आक्रमण गरेको थियो । त्यसपछिको १० वर्ष कुनै पनि मुलुकका टोलीले पाकिस्तानमा गएर क्रिकेट खेलेका थिएनन् । यो अवधिमा पाकिस्तानको क्रिकेट टोलीले आफ्नो अधिकांश घरेलु खेल यूएईमा खेलेको थियो ।

पछिल्लो समय बिस्तारै विदेशी टोलीहरु पनि पाकिस्तानमा गएर खेल्न थालेका छन् । गत महिना जिम्बाबेले पाकिस्तानको भ्रमण गरेको थियो । त्यस्तै इंगल्याण्डका धेरै खेलाडीहरुले पाकिस्तान सुपर लिग टी-२० प्रतियोगितामा भाग लिइसकेका छन् ।

स्रोत : बीबीसी

इंगल्याण्ड पाकिस्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय