+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

खुसी सर्वेक्षण स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १८:२०
फाइल तस्वीर

४ मंसिर, काठमाडौं । सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई आधार बनाएर गर्न लागेको खुसी मापन सर्वेक्षण तत्काललाई स्थगित भएको छ । केन्द्रीय तथ्यांक विभागले एक वर्ष लगाएर गर्न लागेको खुसी सर्वेक्षण नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित भएको हो ।

आर्थिक वर्ष २०७६/०७७ देखि नै विभागले नेपालीको खुसी मापन प्रक्रिया अगाडि बढाएको थियो । तर कोरोनाका कारण फिल्ड जान सम्भव नभएपछि तत्काललाई सर्वेक्षण प्रक्रिया रोकिएको विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए ।

सर्वेक्षणमा सोधिने प्रश्नावली भने विभागले तयार पारिसकेको लामिछाने बताउँछन् । उनी भन्छन्, ‘कोरोना कहरका बेला घर–घरमा गएर तपाईँ कत्तिको खुसी हुनुहुन्छ भन्नु व्यवहारिक पनि हुँदैन ।’

खुसी नाप्ने आधार

भुटानले संविधानिक व्यवस्था अनुसार सन् २००८ देखि राष्ट्रिय खुसी सर्वेक्षण गर्दै आएको छ । तर नेपालले भने पहिलो पटक सर्वेक्षण गर्न लागेको हो ।

राष्ट्रसंघीय दिगो विकास समाधान संयन्त्र, ग्याल्अप लगायतको सर्वेक्षणमा भने नेपालीको खुसी पनि मापन गरिएको थियो । तथ्यांक विभागका अनुसार नेपालले जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, मनोभावना, सुशासन, सांस्कृतिक प्रवर्द्धन जस्ता मापदण्डको आधार खुसी मापन गर्न लागिएको हो ।

वर्ल्ड ह्याप्पिनेस रिर्पोट, २०२० अनुसार विश्वका १५३ देश मध्ये नेपाल ९२ औं खुसी देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?