
५ मंसिर, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९० लाख चार हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४५ हजार ८८२ नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ३२ हजार १६२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५८४ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा ८४ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेको मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा अहिलेसम्म एक करोड १७ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4