+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

वीरगञ्जमा छठको व्यापार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १४:०४

५ मंसिर, वीरगञ्ज । वीरगञ्ज नगवाका दिनेश साह तुराहाले छठ नजिकिएपछि तरकारी बेच्न छोडेर छठका सामान बेच्ने गर्छन् । वीरगञ्जको माईस्थान चोकमै उनले अदुवा, सुथनी, बोडी, भोगटे, केरा बेच्न राखेका छन् ।

२१ वर्षदेखि यसैगरी व्यापार गर्दै आएका उनी यो वर्ष भने निराश भए । ‘व्यापार खासै छैन, महंगोमा समान किनेर सस्तोमा बिक्री गर्नुपरेको छ’ उनले भने ‘५० हजारको समान किनेको छु, लगानी उठछ कि उठ्दैन ठेगान छैन ।’

कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्मका चार दिन छठ मनाइन्छ । वीरगञ्जलगायत तराई मधेसका बजारहरुमा छठका लागि चाहिने पूजा तथा प्रसाद सामग्री, भाडाँवर्तन, लत्ताकपडाको किनमेल चलिरहेको छ ।

वीरगञ्जको माइस्थान, घण्टाघरलगायतका क्षेत्रमा छठ पर्वमा कोशी भर्नका लागि आवश्यक सामाग्री १ सय रुपैयाँमा किनबेच हुन्छ । जसमा अदुवा, पिडालु, मुला, वेसार, बोडीलगायतका तरकारी छन् ।

छठ पर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका सुफली, छउरा र छैटामा अर्घ दिनु अनिवार्य मानिन्छ । डोम समुदायले बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाएर बिक्री गर्ने गर्छन् ।

तर यस वर्ष बाँसका भाँडाकुँडा, सुपली, नाङ्लो र माटोको कलश, हात्ती, दियो र अन्य प्रसादका रुपमा चढाइने सामाग्रीको व्यापार घटेको छ । पर्सा हरपुरका राजदेव यादव मंहगोमा समान किनेर सस्तोमा बेच्नुपरेको गुनासो गर्छन् ।

ईनर्वा मनियारीका विरेन्द्र साह कानुले पनि कोरोनाका कारण छठको व्यापार खस्केको बताए । अर्घको समान बेच्न राखेका उनले विगतका वर्षमा भन्दा सस्तोमा दिँदा पनि बिक्री नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?