Comments Add Comment

एभरेष्ट बैंकद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना

एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ ।

यो शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ, जसले वातावरणमा पुग्नुअघि सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटाएर प्रदुषण नियन्त्रण गर्न मद्दत गर्नेछ ।

सो शवदाह गृहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीद्वारा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरियो ।

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment